परिचय
कुनै पनि वस्तु वा सेवा उपभोग गर्ने व्यक्ति, समूह वा निकाय उपभोक्ता हुन् । कुनै एउटा वस्तुको उत्पादक वा सेवाप्रदायक अर्को वस्तु वा सेवाको पनि उपभोक्ता हुन सक्छ । यसर्थ संसारका सबै व्यक्ति, समूह, निकायहरू उपभोक्ता हुन । उपभोक्ता हित संरक्षण मञ्च– नेपाल, उपभोक्तावादको सिद्धान्त तथा उपभोक्ताका अधिकारहरूको सार्थक कार्यान्वयनवाट मात्र स्वच्छ बजारको स्थापना भई मानव अधिकार संरक्षित, विकसित, शान्तिपूर्ण तथा सुशासनयुक्त सभ्य समाज निर्माण हुनसक्छ भन्ने कुरामा विश्वास लिई उपभोक्ताका हकहित संरक्षणका क्षेत्रमा ठोस योगदान गरी वस्तु वा सेवामा असल शासनको माध्यमद्वारा स्वच्छ बजार प्रवद्र्धन र उपभोक्ताको हित तथा अधिकार संरक्षण गराउने उद्देश्यले संस्था दर्ता ऐन २०३४ बमोजिम २०५१ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडांमा दर्ता भएको गैरनाफामूलक र गैरराजनीतिक सामाजिक संस्था हो ।
परिदृश्य (Vision)
गुणस्तरहीन वस्तु वा सेवा उपभोगमा शून्य सहनशीलता संस्कृतिको निर्माणवाट मात्र उपभोक्ताका हक अधिकारहरू संरक्षित हुन सक्छन् भन्ने कुरामा उपभोक्ता हित संरक्षण मञ्च– नेपाल विश्वास गर्दछ ।
लक्ष्य (Goal)
सुशासनकालागि उपभोक्ता अधिकार रक्षा गर्दै, वस्तु वा सेवा बजारमा उपभोक्तावादको कार्यान्वयन तथा उपभोक्ता हक तथा अधिकारको अध्ययन, शोध, वकालतको माध्यमवाट वस्तु वा सेवा प्रदायक र राज्य संयन्त्रका सरोकारवाला पक्षहरूबाट प्रभावकारी दायित्व निर्वाह गर्ने वातावरण सिर्जना गर्ने र स्वच्छ वजार स्थापना तथा उपभोक्ता हक हित संरक्षण गर्नु मञ्चको लक्ष्य रहेको छ ।